सल्यान,२४ मंसिर ।पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट २३२ र एन्टिजेन परीक्षणबाट २७ जनाको कोरोना संक्रमण पुष्टि भएको हो।२४ घण्टामा ६ हजार ४७२ पीसीआर परीक्षण र ४ हजार १५ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १० हजार ४८७ गरिएको छ।३३७ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ५ हजार ९९७ छ ।स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २३ हजार ७८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ७२८ पुगेको छ।हालसम्म ८ लाख ६ हजार २३७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५५२ पुगेको छ ।२४ घण्टामा ३ लाख २९ हजार ३२१ जनाले कोभिड९१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।