अमेरिकामा आएको आँधीमा परी मृत्यु हुनेको संख्या १०० पुग्यो

न्युयोर्क,२६ मंसिर । अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ। आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ।

आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको छ। आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ।

आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन्। केन्टकीमा आपतकाल घोषणा गरिएको छ।


स्थानीय समय अनुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उनले सञ्चारकर्मीहरूलाई बताएका थिए।

गभर्नर एन्डी बेसरले भने, ुकेन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीबेहरीका कारण तहसनहस भएका छन्। थप विवरणहरू आउने क्रम जारी रहेकोले क्षतिको एकीन विवरण आउन अझै केही समय लाग्ने देखिएको छ।ु

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्