यात्रुवहाक जिप दुर्घटना ३ को मृत्यु १७ जना घाईते (पुरा विवरण)

तुलसीपुर,२६ मंसिर । तुलसीपुरबाट सल्यानको कपुरकोट तर्फ जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप सिरखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन। दुर्घटनामा परी दुईजनाको घटना स्थलमा मृत्यु भएको हो भने एक जनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको तुलसीपुर प्रहरीले जानकारी दिएको छ।जिप सडक बाट झन्डै दुई सय मिटर तल खेतमा खसेको छ ।

मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष रहेका छन।२० जना यात्रु सवार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १७ जना यात्रु घाईते भएका छन् । मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका ४ का ४८ वर्षीय प्रेम प्रकाश शर्मा, सोही ठाउँका ४६ वर्षीया सौनी घर्ती र कपुरकोट गापा ३ का बर्ष २५ कि लालमती खडका रहेका छन् ।जस्मध्य १० जना गम्भिर घाईतेहरुको नेपालगञ्ज रेफर गरीएको छ भने ७ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ

घाईतेहरुको विवरण
१. कपुरकोट गापा- ४ धनवाङ बस्ने बर्ष २२ कि लक्ष्मी बुढा
२.कपुरकोट गापा- ३ बस्ने बर्ष ४५ कि देबि चापागाईं
३.कपुरकोट गापा -३ बस्ने बर्ष २७ को भुप बहादुर थापा
४. कपुरकोट गापा- बस्ने धर्म थापा
५.कपुरकोट गापा बस्ने बर्ष-५ को दिपेश थापा
६. कपुरकोट गापा -३ किमचौर बस्ने बर्ष ६६को डम्बर बहादुर बुढाथोकी
७.कपुरकोट गापा -३ किमचौर बस्ने बर्ष १८ कि अनिता पुन
८. कपुरकोट गापा -३ किमचौर बस्ने १ महिनाको सानो नानि आरती पुन
९.कपुरकोट गापा -३ किमचौर बस्ने बर्ष १९ रमिता बस्नेत
१०. कपुरकोट गापा- ३ किमचौर बस्ने बर्ष ३९ कि दिल कुमारी बुढा
११. कपुरकोट गापा -३ किमचौर बस्ने बर्ष १८ किसोर बस्नेत
१२.कपुरकोट गापा -३ किमचौर बस्ने बर्ष १३ को बिश्वास बस्नेत
१३. कपुरकोट गापा -४ बस्ने बर्ष ३४ कि कमला थापा
१४.कपुरकोट गापा -३ बस्ने बर्ष ४६ को कर्ण बहादुर खड्का
१५. कपुरकोट गापा- १ बस्ने बर्ष ६ को रमेश थापा
१६. तुलसीपुर -३ गोठिखोला बस्ने बर्ष ३०को हेमराज खत्री
१७ .कपुरकोट गापा -३ बस्ने बर्ष ५२ को चद्र बहादुर खडका

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्