सल्यान,२७ मंसिर ।एनएलजी ईन्स्योरेन्स कम्पनी द्वारा सल्यानको बागचौर नगर पालिकामा कृषी तथा पशुपंक्षी बीमा सम्बन्धि छलफल र घुम्ती बीमा कार्यक्रम सम्पन गरेको छ । उक्त कार्यक्रम बागचौर न.पा.वडा नं२ का वडा अध्यक्ष टोप बहादुर डि.सी.को प्रमुख आथित्यमा र एनएलजी ईन्स्योरेन्स कम्पनी लि. का क्षेत्रिय प्रमुख सुनील श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रममा कृषी क्षेत्र विकास कार्यक्रम समन्वय ईकाई कार्यालयका प्रमुख प्रकाश पौडेल,कृषी विकास शाखा का प्रमुख एवम् कर्मचारीहरु , एनएलजी ईन्स्योरेन्स कं. लि. सल्यानका प्रमुख बिमर्श प्रधान, पश्चिम रुकुमका प्रमुख मोहन बुढाथोकी बागचौर का कृषक तथा पशु पालक किसानहरु गरी जम्मा ५५ जनाको सहभागीता रहेको थियो ।कार्यक्रममा प्रमुख अथिती ज्युले बीमा सम्बन्धी जनचेतना कार्यक्रमले यस क्षेत्रका किसानहरुले लाभ लिन सक्ने र कृषी बिमा मा आवश्यक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नु भयो भने कृषी क्षेत्र विकास कार्यक्रम समन्वय ईकाई कार्यालयका प्रमुख प्रकाश पौडेल ज्यूले कृषी बीमाको महत्व बारे प्रकाश पार्नु हुदै यस्ता किसिमको जनचेतनामुलक छलफल कार्यक्रम समय समयमा संचालन गर्दा बीमाको दायरा बढ्ने र धेरै किसानहरुले लाभ लिन सक्ने सुझाव दिनु भयो सहभागी किसानहरुले बीमा अभिकर्ताहरु को संख्या कम भएकोले धरै किसानहरुले बीमाको लाभ लिन नपाएको गुनासो गर्नु को साथै बीमा अभिकर्ताको संख्या बढाउन अनुरोध गरेका थिए । कार्यक्रमका अध्यक्षता गर्नु भएका एनएलजी ईन्योरेन्स कम्पनी लिमिटेड क्षत्रिय कार्यालय नेपालगन्जका प्रमुख सुनील श्रेष्ठ ज्युले कार्यक्रमको उद्धेश्य र महत्वको बारेमा प्रकाश पार्नु हुदै किसानहरूको समस्यालाई चाडै नै सम्बोधन गर्दै जाने र अभिकर्ता तालिम तत्कालै संचालन गरीने जानकारी गराउनु भयो ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।