तुलसीपुरमा तुलसीपुर महोत्सव २०७८ सुरु

पुष्कर बिहानीतुलसीपुर १ पुष । स्वरोजगार ,आत्मनिर्भरता हाम्रो आधार शहर देखि गाउँ सम्म व्यापार बिस्तार भन्ने मुल नाराक साथ नेपाल चेम्बर अफ कमर्श तुलसीपुरको आयोजनामा दाङ्मा आजबाट महोत्सवको संचालन भएको छ । आज तुलसीपुर महोत्सव २०७८ को पहिलो दिन उद्घाटन गरीएको छ ।
टोप बहादुर घर्तीको सभापतित्व तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाको प्रमुख आथित्यतामा महोत्सवको उद्घाटन गरिएको हो ।

त्यस्तै, उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्यहरु जगप्रसाद शर्मा ‘अपार’, कोमल वली, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिआईजी प्रकाश अधिकारी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतको बिशिष्ट आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो ।

महोत्सवमा उद्योग, व्यापार, कृषी तथा पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव आयोजक समितीले बताएको छ । महोत्सवको पहिलो दिन स्थानिय कला,जातजाति र आफ्नै सस्कृती झल्कने विभिन्न र्‍याली प्रस्तुत गरिएको थियो।

१२ दिन सम्म सन्चालनमा आउने उक्त महोत्सवमा बाल उद्यन,फुड फेस्टिब विभिन्न जातजातिका सस्कार झल्कने खानाका प्रकार ,हस्तकला सम्बन्धि सामाग्री स्टल,
सस्तो पसल स्टल,घरायसी प्रयोजनका सम्पुर्ण सामाग्री स्टल ,स्थानीय उत्पादन बस्तु तथा सेवा लगायत थुप्रै स्टलहरु राखिएको छ।

उद्योग ,कृषि पर्यटन क्षेत्रको बिकास र बिस्तार गर्नकोलागि संचालन गर्न लागेको महोत्सवमा ५ करोड बढिको कारोबार हुने र ३ लाख बढी दर्सकले अबोलकन गर्ने अनुमान महोत्सव आयोजकले गरेको छ।

महोत्सवमा भोलि समिक्षा अधिकार लगायत थुप्रै कलाकारको उपस्तिथि हुने आयोजकले जनाएको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्