३९० घण्टे सहायक पलम्बर तथा वयल्डीङ् ईलेक्ट्रिसियन तालिम आज सम्पन्न

सल्यान,५ पुष ।सल्यानमा सञ्चालित ३९० घण्टे सहायक पलम्बर तथा वयल्डीङ् ईलेक्ट्रिसियन तालिम आज सम्पन्न भएको छ ।नेपाल युथ फाउन्डेशन नेपालको आयोजना ओल्कापुरी शोसल ईन्टरप्राईज,शारदा नगरपालिका र सल्यान उत्थान परिषद सल्यानको संयुक्त सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो ।सल्यान उत्थान परिषदका अध्यक्ष आनन्द सिंह बुढाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा शारदा नगरपलिका सल्यानका प्रशासकीय अधिकृत लिलाधर बबाल रहेका थिए ।अन्य अतिथीहरुमा नेपाल युथ फाउन्डेसन का संयोजक मान बहादुर क्षेत्री,नेपाल युथ फाउन्डेसन कि ब्यबस्थापक लक्ष्मी घिमीरे लगायतका रहेका थिए ।खड्गदेवी प्राथमिक विद्यालयमा वडा नम्बर ३ मा सञ्चालीत कार्यक्रममा ३९० घण्टासम्म तालिम लिएका ५५ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरीएको थियो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्