सल्यान,५ पुष ।ग्लोबल आई.एमई. बैङ्कले ग्रहाककालागी सल्यानको श्रीनगरमा आज एक कार्यक्रम सम्पन्न गरेको छ ।वित्तिय साक्षरता डिजिटल बैंकिङ्ग सम्बन्धि कार्यक्रम आज होटेल युनाईटेडमा सञ्चालन गरेको हो ।देशव्यापि कार्यक्रम अन्तर्गत आज सल्यानमा कार्यक्रम सञ्चालन गरीएको हो ।ग्लोबल आई.एमई बैङ्क सल्यानका शाखा प्रबन्धक सुबोध ज्ञवालीको अध्यक्षतारहेको कार्यक्रम्मा चिफ अफ कन्ट्रि अपरेशन अनमिका सिंहको सहजिकरण रहेको थियो भने प्रशिक्षण बिजय सापकोटाले दिएका थिए ।
यस्ता कार्यक्रमहरु देशव्यापीरुपमा चलिरहेकोले ग्रहाकहरुलाई समेत सहज हुने प्रशिक्षणमा बताईएको थियो।त्यस्तै कार्यक्रम्मा बैंक स्थापनाको १५ वर्षमै देशको सबैभन्दा बढी पुँजी भएको नं.१ बैंक भएको जानकारी चिफ अफ कन्ट्रि अपरेशन अनमिका सिंहले गराएकि थिईन । उनले ग्राहकको विश्वासका कारण नै आज बैंक देशकै ठूलो बैंक भएकोमा खुसी व्यक्त गर्दै आफ्ना ग्राहकलाई प्रविधिमैत्री बनाउँदै लैजान देशका विभिन्न ठाउँमा वित्तिय साक्षरता र डिजिटल बैङ्किङ सम्बन्धी कार्यक्रम गर्दै हिँडेको बताइन।
बैंकले सञ्चालनमा ल्याएको ग्लोबल स्मार्ट प्लस मोबाइल एप्लिकेसनको प्रयोग, यसको सुरक्षा र प्रयोगबारे बैंकका कर्मचारी विजय सापकोटाले प्रस्तुती दिएका थिए।
ग्रहाकहरुलाई बैङ्कमा झन्झट बढि हुने र घरबाटै मोबाईल एपको प्रयोग गरेर बैंङ्कको सेवा लिन सकिने विषयमा प्रष्ट परिएको थियो ।कार्यक्रम्मा सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकी,महासचिव मोहन सारु,क्षत्रेश्वरी गाउँपलिकाका अध्यक्ष सन्तोष के.सी, लगायत स्थानिय व्यापारीहरु गरी ९० जनाको उपस्थिति रहेको ग्लोबल आई.एमई बैंङ्कका स्टाफ गोबिन्द आभाष शर्माले खबर आजको लाई जानकारी गराए ।कार्यक्रम्मको समापन शाखा प्रबन्धक सुबोध ज्ञवालीले गरेका हुन ।