सल्यान,१० पुष ।राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड १५ दिन बन्द हुने भएको छ । दैनिक ३ पटक गरेर ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
सल्यान – दाङ सडक खण्डमा पर्ने कपुरकोट – चोरखोला सडक खण्डमा सडक स्तोरउन्नति हुन लागेकोले सडक बन्द गर्नुपरेको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले एक सुचना जारी गर्दै पुस ११ गतेबाट लागू हुनेगरि २५ गतेसम्म सडक बन्द हुने र स्तोरउन्नतीको काम चल्ने बताए ।
उनकाअनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुने छ ।
यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट – पैयाखोर डाइभर्सनको रुट प्रयोग गर्न सक्ने समेत प्रशासन कार्यालय सल्यानले जनाएको छ।
यसअघि पनि पटकपटक यो सडक बन्द गरेर स्तरउन्नतीको कार्य गरिएको थियो ।