हुम्लाकी मृगौला पिडित नेपालीलाई २० हजार सहयोग


अङ्गराज परीयार/हुम्ला १० पुष ।
हुम्लाकी मृगौला पिडित घोगीसरा नेपालीलाई नेपाली कांग्रेशका पुर्व गाविस सभापति सुगे रोकायाले २० हजार रुपैँया सहयोग गरेका छन् । रुपैँयाको अभावले सुर्खेतमै बसेकी नेपाली सनिबार रोकायाले सहयोग गरेपछि नेपालगंज,कोल्टीबाजुरा हुदै हुम्ला गएकि छिन। अदानचुली गाँउपालि ६ निवासी ३० बर्षया घोगीसरा नेपालीको उपचारको क्रममा सबै पैसा सकिए पछि रुपैँयाको अभावले वीरेन्द्रनगर सुर्खेतमा झण्डै एक हप्तादेखि होटमा बस्नु पर्ने बाध्यता थियो ।

शनिबार रोकायाले २० हजार रुपँैया सहयोग गरे पछि नेपालगंज,कोल्टीबाजुरा हुदै घर लिने अहिले नेपालगंज पुगेको उनका श्रीमान खुमबहादुर नेपालीले बताएका छन् । उनका अनुसार केहि दिन अघि प्रदेश अस्पताल सुर्खेतबाट नेपालगंज मेडिकल कलेज रेफर गरीएको थियो । उपचार सम्भव छैन् डाक्टरले घर लैजान भने पछि सुर्खेत आएको रुपैँया अभावले सुर्खेतमा नै बस्नु परेको उनले बताए । सुगे रोकायाले सयोग गरे पछि उनले आफ्नो श्रीमतिलाई घर लगेका हुन । स्थानीय सरकारसँग अनुरोद गर्दा कुनै पनि सहयोग नभएको उनले बताए । त्यस्तै एकिकृत समाजवादीका हुम्ला जिल्ला पार्टि सचिव कमल छत्यालले ३ हजार सहयोग गरेका छने भने परबहादुर बुढाले २ हजार सहयोग गरेका छन् । उनको ज्याला मज्दुरी गरेर कमाएको झण्डै २ लाख रुपैया सकिए पछि निकै सयस्या भएको हो । म जस्तै गरीव देखे समस्यामा परेको देखेर सहयोग गरेको सहयोग गर्ने सुगे रोकायाले बताएका छन् । राजनीतक दल स्थानीय सरकारसँग गुहार गर्दा कसैले सहयोग नगरे पछि आफुले सहयोग गर्न बाध्य भएको उनको भनाई छ । मृगौला पिडित घोगीसरा नेपालीलाई सहयोगको अपील पनि गरीएको सन्चार्कर्मी भिम बहादुर परियार ले जानकारी दिएका छन ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्