सोलुखुम्बुमा दुईजना इन्जिनियरको मृत्यु


सोलुखुम्बु,१२ पुष । सोलुखुम्बुमा निर्माणाधीन सोलु दुधकोसी हाईड्रोपावरमा कार्यरत दुईजना इन्जिनियरको मृत्यु भएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका–३ मा निर्माणधिन हाइड्रोपावरमा कार्यरत ईन्जिनियर अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर ऋषिराज ढकालले रातोपाटीलाई बताए ।

पावर परीक्षण गर्न पाइपमा हालेको पानीको फोहोराले उछिट्याउँदा उनीहरुको मृत्यु भएको हो ।

अछाम घर भएका सुवासराज रेग्मी माच्छापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीबाट त्यहाँ खटिएका थिए । काभ्रेको धुलिखेल घर भएका अर्जुन थापा सो कम्पनीको कन्सल्ट्यान्ट इन्जिनियर हुन् ।

सोलु दुधकोसी हाईड्रोपावर ८६ मेगावाट क्षमताको बनिरहेको छ । पानिको फोहोरासँगै उछिट्टिएर मोहम्मद जावी अख्तर रहिम घाइते भएका छन् । उनलाई उपचारका लागी काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको छ ।

मृतकको शव प्रभु हेलिकप्टरमार्फत काठमाडौंको टिचिङ अस्पतालमा पठाइएको इन्स्पेक्टर ढकालले बताए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्