नबिन के :सी / तुल्सीपुर ,२३ पुष । तुलसीपुर क्षेत्रका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा दिनप्रतिदिन संक्रमण देखदा परेको छ । उनीहरुको आरटी एन्टिजेन मार्फत कोरोना परिक्षण गर्दा संक्रमण देखीएको छ । विहिवार तुलसीपुरको गुरुजजुर मावि रक्षाचौरका शिक्षक र विद्यार्थी सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।
यस्तैगरी मावी सेन्टर विद्यालयका १५ जना, स्वास्थ्यकर्मी ८ र र अन्य सात जना नागरिक गरी जम्मा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुरको मेट्रो अस्पतालमा विद्यार्थी र शिक्षक सहित दुई सय जनाको कोरोना परिक्षण गरिएको केसलिे जानकारी दिनुभयो ।यसअघि तुलसीपुरका अश्वारा माविका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण देखीएका विद्यालयहरुमा पठनपाठन बन्द गरिएको छ ।