सल्यान,२३ पुष । पछिल्लो २४ घण्टामा नेपालमा ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार २७२ परीक्षणमा ५७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।
यस्तै ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा संक्रमण देखिएको छ । एन्टिजेन परीक्षण तथ्यांकमा पुस २२ र २३ मा प्रवेश नाकाहरुको विवरणसमेत समावेश गरिएको मन्त्रालयले प्रस्ट्याएको छ ।
पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ९७१ परीक्षणबाट ९६८ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमा हालसम्म ८ लाख ३१ हजार ५२ जना संक्रमित भएका छन् ।
२४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।
यो सँगै निको हुनेको संख्या ८ लाख १३ हजार ७०९ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या भने शून्य रहेको छ । कोरोनाबाट हालसम्म ११ हजार ६०२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ५ हजार ७४१ जना छन् भने २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।