राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल दाङको घोराहीमा बिशाल जनप्रदशन


अङ्गराज परियार/घेराही,२६ पुष ।राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले दाङको घोराहीमा विशाल जनप्रदशन गरेको छ।दलित समुदाय को हक अधिकार स्थापितको निम्ति माग पूरा गर्नका निम्ति दाङको घोराहीमा केशव नेपालीको अध्यक्षतामा आमसभा र्‍याली प्रदशन गरेको हो।
राज्यको हरेक अङ्ग र निकायमा दलित समुदायको सहभागीतामुलक प्रतिनिधित्व हुनु पर्ने निति निर्माण तहमा दलितहरुको प्रतिनिधित्व र यश समुदायको पेशा ब्यबसायको सुनिश्चितताको माग गर्दै आमसभा जनप्रदशन गरेको अभियानका सयोजक खगेन्द्र सुनारले जानकारी दियका छन। जातीय छुवाछूत र बिभेद र दलितमाथिको उत्पीडन विरुद्ध सचेतना जगाउनको निम्ति र यश समुदायको पेशा ब्यबसायको सुनिश्चितताको माग गर्दै प्रदशन गरिएको अभियानका सयोजक खगेन्द्र सुनारले बताएका हुन। जातीय छुवाछूत र भेदभाव र दलित माथीको उत्पीडन विरुद्ध सचेतता जगाउन समुदायलाई आयोजना गरिएको सुनारले जानकारी दिएका थिए। यश अघि पुर्बका सप्तरी र पश्चिमको दैलेख र नेपालगन्जमा पनि आम सभा जनप्रदसन गरे लगत्तै दाङको घोराहीमा आइतबार आयोजित प्रदसनमा लुम्बिनी प्रदेश सहित कर्णाली प्रदेश समेतका ठुलो संख्यामा सहभागीता रहेको थियो ।


संविधानमा लेखिएको सहभागितामुलक र समाबेशी राज्य सयन्त्र कार्यनयनमा नआयको जनदबाब बढाउनु पर्ने आबश्यकता देखियको कार्यक्रमका आयोजित खगेन्द्र सुनार र राजेश बिद्रोहिले बतायका छन।
जनसभा प्रदशन मा राष्ट्रिय दलित मुक्ति अभियान जागरणका दाङ जिल्ला अध्यक्ष केशब नेपालीको नेतृत्वमा कार्यक्रम भब्यसभ्य भयको छ।अभियानका उपस्थिती सयोजक राजेश बिद्रोहि र प्रथमलाल राम शुदुरपश्चिम का सयोजक प्रेम बि।सि र संगठनका नेतृत्वहरु ठाउँठाउँ बाट उपस्थिती भयका छन। सबैले आफ्ना मन्तव्य राखेर गयका छन र अब अधिकार का निम्ति सबै दलित मधेस आम नागरिक जनता जागरुक हुनुपर्यो भन्दै र्‍याली कार्यक्रम सम्पन्न भयको छ। अब यहाँ कार्यक्रम भयलगत्तै काठमाडौमा पनि दलित जनसागर उतार्ने कार्यक्रम भयको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्