पुष २६ सल्यान
नबिन के: सी / सल्यानको बागचौर नगरपालिकामा १ दिने माटो परिक्षण शिविर सम्पन्न भएको छ । एकिकृत कृषि प्रयोगशाला सुर्खेतको आयोजना, कृर्षि बिकास कार्यलय सल्यान र कृषी विकाश शाखा बागचौरको समन्वयमा शिविर सम्पन्न भएको हो । शिविरमा बागचौर नगरपालिका भित्रका १२९ जना किसानले सेवा लिएको बत्ताएको छ ।
शिविरमा माटोको पि एच लगायत नाइटोजन, फस्फोरस र पोटास को मात्रा हेर्ने काम भएको एकिकृत कृषि प्रयोगशाला सुर्खेत का नायब प्राविधिक सहायक बिष्णु बि सि ले जानकारी दिनुभयो । बिभिन्न क्षेत्र का किसानहरुले ल्याएको माटो फरक फरक किसिमको हुने भएकाले प्राप्त रिपोर्टको आधारमा प्रत्येक किसानलाई आवस्यक सल्लाह सुुझाब उपलब्ध गराईएको नायब प्राविधिक सहायक बि सि जानकारी दिनुभयो ।