खोप कार्ड अनिवार्य सँगै बढेको खोप लगाउनेको भिड

गोबिन्द राजगुरु/दाङ,९ माघ।सार्वजनिक स्थलमा सरकारले खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेको भिड  बढेको छ ।यसको ज्वलन्त उदाहरण हो तुलसीपुर उपमहानगरपालिका-८,अश्वारामा रहेको तुलसीपुर मेट्रो हस्पिटल अथवा (तुलसीपुर कोराना आईसोलेसन हस्पिटल) सरकारले ल्यएको नियमको पालना तथा कोरोनाको नयाँ भेरियन्टबाट बच्न सर्वसाधारनले चालेको सजगता देख्न स्किन्थ्यो ।जस्का कारण आइतबार कोरोना विरुद्ध को खोप लगाउनेकोहरुको भिड़ कोरोनाको कुनैपनि प्रवाह नगरी बढेको देखिन्थ्यो। । आज आईतबार कोरोना विरुद्ध को खोप लगाउन छुटेका १८ वर्ष भन्दा माथिका सबै नागरिक लाई र पहिलो खोप लगाईसकेका तर दोस्रो खोप नलाएका लाई तुलसीपुर उपमहानगरपालिकाले खोप लगाउने भने सँगै खोप लगाउनेको भिड बढेको हो ।
करिब ३०० मिटर लामो लाईनमा खोप लगाउने नागरिकको भिड लागेको थियो । उक्त भिडमा अपाङ्गता,गर्भवती माहिला र सुत्केरी महिलाहरुलाई भने लाईन नबसाई खोप लगाउने ब्यावस्था गरिएको थियो ।

एक रिपोर्ट
खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्