पुस्कर बिहानि /सल्यान,१५ माघ ।सल्यानमा अटो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको त्रिवेणी गाउँपालिका स्थित लुहामबाट टुनिबोटतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा चालक त्रिवेणी गाउँपालिका ५ मुलाबारीका टेक बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
रा १ ह ५०५२ नम्बरको खाली अटो टुनिबोट स्थित राप्ती राजमार्गमा शनिबार दिउँसो साढे १२ बजेतिर दुर्घटना भएको प्रहरिले बताएको छ।
दुर्घटनापछि घाइते बनेका चालक विकको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।
अटो अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको थियो। अटोमा चालक मात्रै रहेको बताइएको छ।