घोराही, १७ माघ । दाङमा आज (सोमबार) थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वाीथय विज्ञान प्रतिष्ठान घोराहीमा ३० जनाको पिसिआर परिक्षणबाट ११ जना र विभिन्न पालिकामा ८० जनाको एन्टीजेन परिक्षणबाट ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै आज थपिनेमा घोराहीका १३ जना, तुलसीपुरका ११ जना, दंगीशरणका ४ जना, गढवाका ३ जना, लमहीका २ जना, राप्तीका ७ जना, शान्तिनगरका २ जना, जिल्ला बाहिरका ३ जना र राजपुरका १ जना रहेका छन् ।
यसैविच आज ४२ जना कोरोना मुुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका २८ , दंगीशरणका ८ जना, तुलसीपुर र लमहीका २÷२ जना, राजपुर र बंगलाचुलीका १÷१ जना, रहेका छन् ।
दाङमा अहिले सकृय बिरामीको संख्या ३ सय ६७ पुगकोे छ । उनिहरु मध्य ३ सय ५९ जना घरमै, ५ जना आईसीयुुमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।।