भारतमा ज्वाइँद्वारा सासुको हत्या

काठमाडौं । भारतमा श्रीमतीलाई माइती पक्षले नपठाएपछि ज्वाइँले सासुलाई बन्चरो प्रहार गरेर हत्या गरेका छन् । ज्वाइँ आफ्नी श्रीमतीलाई लिन ससुराली घरमा गएको र माइती पक्षले छोरीलाई पठाउन नमानेपछि झगडा बढ्दै जादाँ ज्वाइँले सासुलाई बन्चरोले टाउकोमा प्रहार गरेका थिए । यो घटना भारतको महाराष्ट्रको अमरावतीमा भएको हो ।

घटना भए लगतै परिवारले ती महिलालाई अस्पताल लगेका थिए । तर, महिलाको मृत्यु भइसकेको थियो । सासुको हत्या पश्चात आरोपी ज्वाई घटनास्थलबाट नै फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले आरोपीको खोजी कार्य गरिरहेको छ । मृतकको परिवारले अपराधीलाई छिटो भन्दा छिटो पक्राउ गर्न प्रहरी समक्ष अनुरोध गरेको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्