गोबिन्द बाबू राजगुरु/दाङ,२३ माघ
सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १४ माल्नेटा निवासी २६ बर्षिय राजेश परिवारको दुबै मिर्गौला फेल भएका कारण उपचारमा समस्या आएको छ । घरको आर्थिक अबस्था कम्जोर भएका कारण उपचारमा समस्या आएको राजेशले बताए । उनीले अहिले दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर मा उपचार गरि रहेका छन् । आर्थिक अबस्था कम्जोर भएका कारण आफ्नो ६ बर्षिय छोरा र २ बर्षिय छोरी को पालनपोषण मा समेत समस्या आएको बताएका छन् । त्यसै घर खर्च चलाउन र उपचार गर्न निकै कठिन भएको उनले खवर आजको डंकम लाई जानकारी दिएका हुन् ।
केही महिना अघि मिराज सेजवाल को सहयोगमा थोरै रकम उपचार खर्चको लागि आएको थियो । राज्य बाट र स्थानिय सरकार बाट केही पनि सहयोग नभएको दुखेसो पोखेका छन् । उपचारमा धेरै खर्च लाग्ने भएकोले उनिले सबै सामु सहयोगको अपिल गरेका छन् । सहयोग गर्ने सहयोगीदाता ले राजेश नेपाली को फोन नम्बर 9809822919 फोन गरेर सहयोग गर्न सक्नु हुने छ ।