लेकवेशीमा विपद, जलवायु उत्थानशीलताका लागी संवाद कार्यक्रम सुरु


विनोद घिमिरे/सुर्खेत,२६ माघ ।लेकवेशी नगरपालिकामा विपद जोखिम न्युनिकरणको लागि स्थानिय विपद तथा जलवायु उत्थानशील निमार्णकाको लागि सरोकारवाला बीच संवाद कार्यक्रम सुरु भएको छ ।
मंगलबार देखी सुरु भएको कार्यक्रममा लेकवेशी नगरपालिकाको पहल समावेशी सुशासन र उत्थानशील समुदाय निमार्णका लागि हाम्रो प्रयास प्रयोजना अन्तरगत, नेपाल युवा संस्था सञ्जालको प्राबिधिक सहयोगमा दुई दिने कार्यक्रम शुरु भएको हो ।
कार्यक्रममा लेकवेशी नगरपालिकाको संकटा सन्नता क्षमता बिश्लेषण सम्बन्धी बिभिन्न सुचकहरुको बारेमा छलफल भएको थियो ।
दोस्रो दिन स्थानिय बिपद तथा जलवायु उत्थानशिल योजनाका सम्बन्धमा विस्तृत छलफल गरि स्थानिय विपद तथा जलवायु उत्थानशील योजना बनाउने प्रक्रिया अगाडि बढाउने कार्यक्रमका सहजकर्ता हिम्मत बिष्टले जानकारी दिए ।
उक्त कार्यक्रममा लेकवेशी नगरपालिका प्रमुख गगन सिह सुनार, उप प्रमुख शान्ति कुमारी छन्तेल, प्रशासकीय अधिकृत कृष्ण खरेल, विपद फोकल प्रसन केशर बहादुर डाङ्गी तथा लेकवेशी नगरपालिकाका १० वटै वडाका वडा अध्यक्षहरु लगायत नगरपालिकाका बिशिष्ट व्यक्तिहरु र पत्रकारहरुकको समेत उपस्थिती रहेको थियो । संवाद कार्यक्रम दुई दिन सम्म संचालन हुने आयोजकले जनाएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्