सल्यान माघ २८। नेपाल सरकार कोभिड-१९ संकट ब्यबस्थापन समन्वय केन्द्रको मिति २०७८-१०-२३ को सिफारिस अनुसार बिश्वबिद्धालय ,बिद्यालय ,ट्युसन सेन्टर तथा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरि २०७८ फाल्गुन १ गतेबाट संचालन गर्न पाउने भएका छन।
बिधालय संचालन गर्दा १२ बर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित रुपमा तथा १२ बर्ष पूरा नभएका विद्यार्थीहरुको हकमा आलोपालो प्रक्रियाबाट बिधालय खोल्ने ब्यबस्थाकोलागी गृहमन्त्रालय र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयलाइ सिफारिस गरेको र उल्लेखित निर्णय अनुसार नै कार्यन्वयन गर्नकोलागी आवस्यक ब्यवस्था मिलाउन समेत देश भरका बिधालयलाई अनुरोध गरेको छ।