पाँच जनाको ज्यान लिएको त्यो हृदयविदारक घटना 

माघ २८, दाङ्ग ।। राति  साढे  १२ बज्नै  लागेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा  नं. ५‘ङ’लाईन स्थित इरम फुटवेयरमा आगलागी भयो । सटरमा इरमका जुत्ता,चप्पल थिए, भने भित्रको गोदममा पजि इरमकै जुत्ता, चप्पलको गोदाम थियो । त्यही घरमा  नजिकै  पसल गर्ने सासिजा श्रृंगार पसलका  संचालकहरु पनि  बस्थे । उनीहरुले पनि त्यही घरलाई आफ्ना श्रृंगारका  सामग्रीहरु राख्ने गोदामका रुपमा प्रयोग  गरेका थिए । 

सटर र गोदमसँगै त्यहाँ तीन वटा परिवार डेरा गरेर बस्थे ।  इरम फुटवेयरको परिवार,  नजिकै पसल गर्ने  सासिजा श्रृगार पसल गर्नेको परिवार र मोहमद आशिष मियाको परिवारले त्यही घरमा कोठा भाडामा  लिएर  पनि बस्ने गर्थे  । मोहमद आशिषले राति घरमा आगलागी भएको थाहा  पाएपछि चिच्याउँदै बाहिर निस्किन सफल भए । उनको कोठामा  उनका बुवा, आमा,  दिदी  र बहिनी  गरि पाँच जना बस्थे । उनीहरु चिच्याउँदै बाहिर निस्किए । उनीहरु चिच्याएपछि अन्य कोठाका परिवार पनि हत्तपत्त बाहिर निस्किन  प्रयास गरे ।‘आगलागी भएको थाहा पाएपछि हामी हत्तपत्त बाहिर निस्क्यिौं, त्यहाँ बस्ने अरुलाई पनि बाहिर निस्किन भनेर चिच्यायौं’, उनले  भने‘अरु पनि बाहिर निस्किने  प्रयास गर्दै हुनुहुन्थ्यो ।’ 

मोहमद चिच्याएपछि सोही घरमा बस्ने  सासिजा सृङ्गार पसलका संचालक  ४० वर्षीय  नगरदिन अलि आफ्नो परिवारलाई बाहिर निकाल्न प्रयास गरिरहेका  थिए । उनले कोठाबाट श्रीमती र बुवालाई बाहिर सडकमा निकाल्न सफल भए । बुवा र श्रीमतीलाई  निकालेपनि उनका  १३ वर्षीया  छोरी सुजिता खातुन अली र ५ वर्षीय  छोरा अबददिन भित्रै थिए । उनीहरुलाई बाहिर निकाल्न भनि गएका नगरदिन त्यसपछि भने न त आफू नै  बाहिर आउन सके, न त छोराछोरीलाई नै बाहिर निकाल्न सके । उनीहरु तीनै जनाको मृत्यु भयो । ‘छोरोले हामीलाई बाहिर छोडेर भित्र नातिनातिन लिन गएको थियो,’ नगरदिनका वुवा हाजि अह्मद अलीले भावुक हुँदै भने ‘तर, आफैँ पनि  आउन  सकेन् ।’ 

अर्का  इरम फुटवेयरका पनि दुई छोराहरुको  निसास्सिएर मृत्यु भयो । इरमका संचालक कामको सिलसिलामा नेपालगञ्ज गएका  थिए  । उनी साँझ  घर आएका थिएनन् । कोठामा  उनकी श्रीमती, दुई छोरा र एक छोरी थिइन । उनको  श्रीमतीको काखमा  ५/६  वर्षकी  छोरी थिईन । त्यही  छोरीलाई बोकेर आमा बाहिर निस्किन सफल भइन । तर, अन्य दुईजना  छोरा भने भित्रै निसास्सिएर मृत्यु  भयो । उनका  १६  वर्षीय  मसिन बकस र १४ वर्षीय हसन बकसको मृत्यु भएको हो । उनीहरुको घर सुर्खेत भएपनि  हाल  तुलसीपुरमा कोठा भाडामा  बस्दै आएका थिए । 

आगलागी भएको घर चार तलाको हो । त्यो घरका मालिक बैंकका पूर्व कर्मचारी बकस बहादुर केसीको भएपनि उनीहरु हाल काठमाडौं  बस्दै आएका  छन् । पुुरै भाडामा भएको घर व्यापारिक प्रयोजनका लागि प्रयोग भए पनि  तीन परिवार भने बस्ने गर्दथे । मानिस बस्ने बाहेक अन्य कोठामा गोदाम बनाइएको थियो ।  जुत्ता, चप्पल र श्रृंगारकै  सामग्रीले  गर्दा  त्यहाँ आगो नियन्त्रण गर्न  समस्या भएको तुलसीपुर उद्योग वाणिज्य  संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले बताए  ।‘आगलागी भए लगत्तै म साढे १ बजेतिर घटनास्थलमा पुगेँको थिएँ,  त्यतिबेला  प्रहरी र हामीहरु मिलेर उद्दार  गरिरहेका  थियौं ।’,उनले भने‘ जुत्ता, चप्पलमा लागेको आगो अरु भन्दा पनि खतरा  हुने रहेछ,  निभ्न पनि ननिभ्ने र मुस्लो पनि त्यस्तै  आउने रहेछ, त्यसले गर्दा पनि उद्दारमा निकै समस्या भयो । ’ 

पहिले एउटा  दमकलले मात्रै  आगो निभाउने प्रयास  गरिएको थियो । तर,  त्यसले सम्भव भएन । त्यसपछि  घोराहीबाट पनि दमकल ल्याइयो । २/३ वटा ट्याङ्कर पनि  ल्याएर आगो निभाउने  प्रयास  भयो । पानी सकियो तर,  आगो  निभेन  । त्यसपछि त्यहाँ घर/घरबाट बाल्टी ल्याउँदै पानी हाल्दै गर्ने  काम पनि भयो । त्यसरी  आगो निभाउने प्रयास  भएपनि समयमै आगो निभाउन  नसकिएको संघका वरिष्ठ उपाध्यक्ष भण्डारीले बताए । 

राति गस्तिमा गएको प्रहरी टोली आगोको मुस्लोदेखेपछि तत्काल उद्दारमा खटिएको थियो । प्रहरी त्यहाँ पुग्दा केही व्यक्ती बाहिर निस्किसकेका थिए। आगोको  मुस्लो पनि ठूलो थियो । प्रहरी पुग्न वित्तिकै तत्काल दमकल आएको  थियो ।  राति साढे  १२ बजेतिर आगलागी भएको भएपनि विहान ८ बजेतिर मात्रै आगो नियन्त्रणमा  आएको हो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्