फाल्गुन १ गते सार्वजनिक बिदा

पुष्कर बिहानी / सल्यान माघ २९। फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन । विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो ।

२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । तत्कालीन नेकपा (माओवादी)ले फागुन १ गतेबाट सुरु गरेको जनयुद्धको स्मृतिमा जनयुद्ध दिवस मनाउँदै आएको छ।

यसै बिच २७ औं जनयुद्ध दिवसको अबसरमा मधेस प्रदेश सरकारले फाल्गुन १ गते आफ्नो प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। अन्य प्रदेशको भने कुनै आधिकारिक जानकारी भने छैनन।

सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्