अङ्गराज परियार/ दाङ ,फाल्गुन १।
दाङ जिल्लाको सदरमुकाम घोराही उपमहानगरपालिका हरेक दृष्टिकोणले सबै पार्टीको रोजाईमा परेको उपमहानगरपालिका हो।
नेपाली काग्रेसको तर्फबाट घोराही उपमहानगरपालिकाको प्रमुखमा आकांक्षीहरू धेरै देखिएपनि आकांक्षी मध्यमा प्रकाश श्रेष्ठ को संभाबना बलियो देखिएको छ।
२०४२ सालको सत्याग्रह देखि नै नेपाली कांग्रेसको राजनितिमा होमीएका प्रकाश २०५१ सा र २०५६ सालमा दुई कार्यकाल महेन्द्र बहुमुखि क्याम्पस दाङको स्वबियू सभापति हुदै नेबि संघ को दुई कार्यकाल दाङ जिल्लाको अध्यक्ष बनेका उनी नेबिसंघ को केन्द्रीय सदस्य बनिसकेका प्रकाश श्रेष्ठ ,नेपाली काग्रेसको घोराही नगर सभापति हुदै नेपाली कांग्रेसको १४ औ महाधिबेसनबाट दाङ जिल्ला क्षेत्र नं २ क को सभापति भएकाछन।
पेशागत संगठन मा प्राध्यापक संघ को केन्द्रीय सदस्य समेत रहेका भद्र नेता प्रकाश श्रेष्ठ ,
नेपाली कांग्रेसको गुट उप गुटमा सधै साझा मानिन्छन।