सल्यान, २ फाल्गुन। प्रेम के हो ? नव यौवनावीच हुने आपसी आकर्षण, माया । हामीले यस्तै बुझेका छौं । हुन त प्रेमको आयमिक अर्थ र महत्व छ । आमा छोरा, भाई बहिनी, आफन्त, नातागोताबीच पनि प्रेम हुन्छ । तर, नवयौवनावीच खासगरी बिपरित-लिंगीमा हुने मानसिक आकर्षण र समपर्णभावलाई प्रेम भनेर बुझिएको छ । यस्तो प्रेममा त्याग हुन्छ ।
नव-यौवनावीच हुने प्रेमलाई फगत शारीरिक आकर्षण पनि मान्ने गरिन्छ । अहिलेको कस्मेटिक्स जमनामा आत्मिक प्रेम अर्थात प्लेटोनिक लभको कुरा केवल आदर्श जस्तो मात्र लाग्छ । यद्यपी शारीरिक आकर्षणबाट सुरु भएको प्रेम नै मनमा पुग्छ । जब त्यो मनमा पुग्छ, आँखा बन्द हुन्छ । त्यसैले त भनिन्छ, प्रेम अन्धो हुन्छ ।
प्रेम अन्धो हुन्छ भन्नुको अर्थ हो, सच्चा प्रेममा बाह्य व्यवधानहरु गौंण बन्छन् । त्यहाँ न जातले छेक्छ, न भूगोलले रोक्छ । न धनले अड्चन ल्याउँछ, न रुपले तगारो लगाउँछ ।
तर, प्रेमको यो विन्दुसम्म आइपुग्नका लागि नव-यौवनाबीच आकर्षण हुनुपर्छ । त्यही आकर्षणले तानेर उनीहरुलाई यस्तो मिलनविन्दुमा पुर्याउँछ, जहाँ उनीहरु आत्मिक रुपले जोडिन पुग्छन् ।
भनिन्छ, प्रेम स्वत हुने कुरा हो । तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ । प्रेम पोखिनुपर्छ । प्रेम पग्लिनुपर्छ । तब न प्रेम हुन्छ ।
एउटा अंग्रेजी भनाई छ, ‘वेल बिगन इज हाफ डन ।’
अर्थात कुनै कामको सुरुवात यदि राम्रो ढंगले हुन्छ भने, सम्झनुहोस् आधा बाजी जित्नुभयो । प्रेमको सन्दर्भमा पनि त यो लागु हुन्छ । प्रेमको सुरुवात प्रस्तावबाट सुरु हुन्छ । तर, प्रस्ताव राख्ने भन्दैमा सोझै ‘आइ लभ यु’ भन्न सुहाउँछ त ?
निश्चय पनि यो सुहाउने कुरा होइन । कसैलाई प्रेम प्रस्ताव राख्नुअघि उनको मनोभावना बुझ्नुपर्छ । यदि आफुले मन पराएको व्यक्ति आफुप्रति सकारात्मक छ भने प्रस्ताव राख्न सकिन्छ । प्रेम प्रस्ताव भनेको प्रेम व्यक्त गर्ने हो । यसका विभिन्न माध्याम हुन्छन् । फूल दिएर हुनसक्छ, उपहार दिएर हुनसक्छ । वा कुनै रमाइलो शैली अपनाएर हुनसक्छ ।
प्रणय दिवस किन मनाउन थालियो ?
अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा प्रणय दिवस मनाइन्छ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरु भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । प्रेम सर्वव्यापी हुन्छ ।
संभवत यस्तै मान्यताले नेपालमा पनि प्रणय दिवस धुमधाम मनाइने गरिन्छ । किन मनाइयो त प्रणय दिवस ? यसको सूत्रपात कसरी भयो ?
खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’
तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।
जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।
आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईलाई।
प्रेम के हो ? नव यौवनावीच हुने आपसी आकर्षण, माया । हामीले यस्तै बुझेका छौं । हुन त प्रेमको आयमिक अर्थ र महत्व छ । आमा छोरा, भाई बहिनी, आफन्त, नातागोताबीच पनि प्रेम हुन्छ । तर, नवयौवनावीच खासगरी बिपरित-लिंगीमा हुने मानसिक आकर्षण र समपर्णभावलाई प्रेम भनेर बुझिएको छ । यस्तो प्रेममा त्याग हुन्छ ।
नव-यौवनावीच हुने प्रेमलाई फगत शारीरिक आकर्षण पनि मान्ने गरिन्छ । अहिलेको कस्मेटिक्स जमनामा आत्मिक प्रेम अर्थात प्लेटोनिक लभको कुरा केवल आदर्श जस्तो मात्र लाग्छ । यद्यपी शारीरिक आकर्षणबाट सुरु भएको प्रेम नै मनमा पुग्छ । जब त्यो मनमा पुग्छ, आँखा बन्द हुन्छ ।
त्यसैले त भनिन्छ, प्रेम अन्धो हुन्छ ।
प्रेम अन्धो हुन्छ भन्नुको अर्थ हो, सच्चा प्रेममा बाह्य व्यवधानहरु गौंण बन्छन् । त्यहाँ न जातले छेक्छ, न भूगोलले रोक्छ । न धनले अड्चन ल्याउँछ, न रुपले तगारो लगाउँछ ।
तर, प्रेमको यो विन्दुसम्म आइपुग्नका लागि नव-यौवनाबीच आकर्षण हुनुपर्छ । त्यही आकर्षणले तानेर उनीहरुलाई यस्तो मिलनविन्दुमा पुर्याउँछ, जहाँ उनीहरु आत्मिक रुपले जोडिन पुग्छन् ।
भनिन्छ, प्रेम स्वत हुने कुरा हो । तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ । प्रेम पोखिनुपर्छ । प्रेम पग्लिनुपर्छ । तब न प्रेम हुन्छ ।
एउटा अंग्रेजी भनाई छ, ‘वेल बिगन इज हाफ डन ।’
अर्थात कुनै कामको सुरुवात यदि राम्रो ढंगले हुन्छ भने, सम्झनुहोस् आधा बाजी जित्नुभयो । प्रेमको सन्दर्भमा पनि त यो लागु हुन्छ । प्रेमको सुरुवात प्रस्तावबाट सुरु हुन्छ । तर, प्रस्ताव राख्ने भन्दैमा सोझै ‘आइ लभ यु’ भन्न सुहाउँछ त ?
निश्चय पनि यो सुहाउने कुरा होइन । कसैलाई प्रेम प्रस्ताव राख्नुअघि उनको मनोभावना बुझ्नुपर्छ । यदि आफुले मन पराएको व्यक्ति आफुप्रति सकारात्मक छ भने प्रस्ताव राख्न सकिन्छ । प्रेम प्रस्ताव भनेको प्रेम व्यक्त गर्ने हो । यसका विभिन्न माध्याम हुन्छन् । फूल दिएर हुनसक्छ, उपहार दिएर हुनसक्छ । वा कुनै रमाइलो शैली अपनाएर हुनसक्छ ।
प्रेम सप्ताह
पहिला एक दिन अर्थात फेब्रुअरी १४ लाई प्रणय दिवस भनिन्थ्यो । अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ । गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा प्रणय दिवस मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।
त, प्रेम दिवस सुरु भइसकेको छ । अतः फेबुअरी ७ देखि १४ दिनसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात यसरी बुझौं, फेबु्रअरी १४ को उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ ।