भेरीगंगाका १५ जना युवाहरुलाई ड्राइभिङ्ग तालिम सुरु

३ फागुन,सुर्खेत।  युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्यका साथ सुर्खेतको भेरीगंगा नगरपालिकामा एक महिने ड्राइभिङ्ग तालिम सुरु भएको छ ।

गरिबी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्र्तरगत भेरीगंगा नगरपालिका वडा नम्बर ४ का १५ जना युवाहरुलाई एक महिने ड्राइभिङ तालिम दिन लागिएको हो ।
भेरीगंगा नगरपालिका उद्योग विकास शाखाको आयोजनामा सुरु भएको तालिम  सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख भुपेन्द्र बहादर चन्द, उप प्रमुख रेणु आचार्य ढकाल, उद्योग वाणीज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, उद्योग विकास शाखा प्रमुख पिताम्वर पौडेल,वडा नम्बर १२ वडा अध्यक्ष हरि प्रसाद कडेल, वडा न ४ का वडा अध्यक्ष महावीर खत्री,वडा सदस्य रेशम बहादुर पुन, उद्योग विकास शाखाकी चित्रा डाङ्गी लगायतको उपस्थिती रहेको थियो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्