अङ्गराज परियार ३ फागुन,हुम्ला। कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातारण मन्त्री छिरिङ डम्दुल लामा (कार्चेन) हुम्ला जिल्लाको पहिलो सहिद बक्त बुढा (महेश) घरपरिवार भेट्न चंखेली गाउँपालिका पुगेका छन् ।सहिद बुढाको घरपरिवारसँग भेटघाट गर्न उनि चंखेली गाउँपालिका पुगेका हुन।
बुढाको सशस्त्र द्वन्द्वका बेलामा अछाम ढाकु गाउँ विकास समितिको ढुङगलामा ०५६ पुस २९ गते सहिद भएका थिए । साविकको गोठी गाउँ विकास समिति पुमा गाउँमा जन्मिएका बुढा जिल्लाको पहिलो सहिद हुन ।
मन्त्री लामााले पहिलो प्रथामिकता शहिदको घरपरिवार सँग भेटघाटमा आफू केन्द्रित भएको रहेको र अन्य ३ दिनको छुट्टाछुट्टै कार्यक्रम छुट्याएर हुम्ला पुगेको उनले बताए ।
हुम्लाको चङ्गखेली गाउँपालिका , अदानचुली गाउँपालिका ,ताजाकोट गाउँपालिकामा पनि जनयुद्ध दिवसको अवसरमा सफल कार्यक्रम सम्पन्न भएको उनले बताएका छन।