वडा नम्बर १ र १२ जोड्ने पुलको औपचारीक उद्घाटन


सल्यान,४ फागुन ।वडा नम्बर १ देखि वडा नम्बर १२ जोड्ने शारदा मोटरेवल पुलको आज एक कार्यक्रमकाबिच उद्घाटन गरीएको छ । नगर प्रमुख सुरेश अधिकारीको प्रमुख आतित्यथा तथा वडा अध्यक्ष एव शा.न.पा. प्रवक्ता दिपक कुमार हमालको अध्यक्षतामा सञ्चालन भएकोे उद्घाटन कार्यक्रम्मा सयौँको संख्यामा वडावासीहरुको उपस्थिति रहेको थियो ।उद्घाटन कार्यक्रमलाई नगर प्रमुख तथा प्रमुख अतिथि अधिकारीले पानसमा बत्ति बालेर एवं शिला पढेर औपचारीक उद्घाटन गरेका थिए भने सभाअध्यक्ष हमालले रिवन काटेका हुन ।

शारदा नगरपालिकाको ४ करोड ५५ लाख रुपैयामा निर्माण सम्पन्न भएको पुलको निर्माणको जिम्मा गौरीपार्वती जुद्ध एण्ड पुर्ण जेबि तुलसीपुर दाङले लिएको थियो । २०७५ माघ २० मा सम्झौता भई २०७८ जेठ २०मा सम्पन्न हुने भने पनि कोरोना तथा अन्य प्राविधिक कारणले पुलको उद्घाटन केहि ढिला भएको पुलका ईन्जीनियर मदन गिरीले खबर आजकोलाई जानकारी गराए ।५० मिटर लम्बाई रहेको पुलमा २ वटा स्पान संख्या रहेका छन ।
उद्घाटन कार्यक्रम्मा बोल्दै प्रमुख अतिथि अधिकारीले अहिले सम्म नगरले जनताको हितमा काम गरेकोले जनताहरुको मन जित्न सकिएको बताए ।त्यस्तै वडा नम्बर १२ ले १५ वडा मध्य सबै भन्दा बढि बजेट उपभोग गर्न पाएकोले वडावासिहरुलाई सहजताको अनुभुत गराउन पाएकोले खुसि हुदै बधाई समेत दिएका हुन।
त्यस्तै अन्य अतिथिहरुमा कार्यपालिका सदस्य गोमा पोख्रेल,भेदबहादुर गिरी,लिलधर बुढाथोकि,शुसिला बिक,वडा नम्बर १ का वडा सदस्य गणेश बुढाथोकि,सल्यान उद्योग वाण्ज्यि संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकि,बरिष्ट उपाध्यक्ष भरत बस्नेत, समाजसेवी मंगल डाँगी,बेलबहादुर बुढा,बल बहादर बुढाथोकि सुरक्षाकर्मि एवं पत्रकार रहेका थिए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्