नेपाल दलित संघको २५ औ स्थापना दिवस दाङमा मनाइयो।

अङ्गराज परियार,५ फागुन,दाङ। नेपाल दलित संघ दाङले २५औ स्थापना दिवसको अवसरमा सुभकामना आदानप्रदान कार्यक्रम जिल्ला पार्टी कार्यालय घोराहीमा सम्पन्न गरेको छ।

नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम बिस्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि  नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरे, विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य तथा प्रमुख सचेतक अनिता देवकोटा रहनु भएको थियो ।

कार्यक्रममा कांग्रेस दाङ जिल्ला सभापति शंकर डांगी, नेपाल दलित संघकि केन्द्रीय सचीव तथा नेका महाधिवेशन प्रतिनिधि देबिका नेपाली, पुर्व पार्टी सभापति बिर्केश्वरी गौतम, पार्टी उपसभापति कमान सिंह भारती, भुप बहादुर डांगी, नेपाली काङ्ग्रेस जिल्ला सचीव अर्जुन योगी,  क्षेत्रीय सभापति भिम प्रकाश खड्का, जिल्ला समन्वय समिति सदस्य लोका बि क, नेपाली काङ्ग्रेस जिल्ला सदस्य खेम बिस्वकर्मा, नेबिसंघ जिल्ला अध्यक्ष टोपबहादुर बुढाथोकी लगायतको उपस्तिथि  रहेको थियो।

संघका जिल्ला उपाध्यक्ष प्रकाश नेपालीको  स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा धन्यवाद मन्तव्य संघका उपाध्यक्ष देब कुमार नेपालिले दिनुभएको थियो भने कार्यक्रमको संचालन संघका जिल्ला सहसचिव खेमराज सेन्चुरीले गर्नु भएको थियो।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्