४ फागुन, तुलसीपुर। दाङको तुलसीपुरबाट पहिलो पटक ई-पासपोर्ट सेवा सुरु भएको छ । ईलाका प्रशासन कार्यालय तुलसीपुरमा बुधवार देखी ई-पासपोर्ट सेवा सुरु गरिएको कार्यालय प्रमुख यज्ञ बहादुर बुढाले जानकारी दिनुभयो ।
विगत दुई महिना देखी एमआरपी पासपोट(राहदानी)सेवा रोकिएको थियो ।कार्यालयबाट अब देखी ई-पोसपार्ट सेवा सुचारु भएको उहाँले जानकारी दिनुभयो ।
यस अघि ई-पासपोर्टका लागी काठमाण्डौ जानु पर्ने बाध्यता थियो ।अब तुलसीपुरबाट राहदानी बनाउन सकिने उहाँले जानकारी दिनुभयो ।