MCC को विरुद्ध फागुन ६ गते नेकपा सहित ८ राजनीतिक दलले देशब्यापी प्रदर्शन गर्ने

फागुन ५, सल्यान। एमसिसी सम्झौताका विरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले भोलि अर्थात फागुन ६ गते  फेरि देश भर एकैसाथ बिरोध प्रदर्शन गर्ने भएका छ्न।

आज नेकपाको केन्द्रिय कार्यलय बुद्धनगरमा बसेको बैठकले
अमेरिकी साम्राज्यवादले जवर्जस्ती लाद्न खोजेको एमसिसीको विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षाकोलागि यो संघर्षलाई सफलीभुत बनाउन आम देशबासीमा गम्भीर अफिल गरेका छ्न।

साथै बैठकले यहि फागुन ४ गतेको काठमाडौमा घाइते भएकाहरु सम्पुर्ण उपचार निशुल्क  गर्न र ४ गतेकै बन्दमा कोटेश्वरमा गिरफ्तार गरि हाल सम्म पनि रिहा नगरेका मंगल तामाङलाई बिना सर्त तुरुन्त रिहाई गर्न गम्भीर अपिल गर्दछौ।
संयुत्त प्रेश बिज्ञप्तिमा भनिएको छ।

यद्यपि भोलि नेपाल बन्दको आधिकारिक जानकारी भने बिज्ञप्तिमा उल्लेख गरिएको छैन।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्