पुष्कर बिहानी/ ६ फागुन सल्यान।
जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन। राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ फागुन ७ का दिन ।
त्यहीकारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गरिन्छ । राणाहरुको वंशीयतन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित फागुन ७ गतेकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।
प्रजातन्त्र छाएको दिन हरेक बर्ष नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ। यहि अवसरमा सल्यानको दार्मा गाउँपालिका को फारुलाचौरमा भब्य कार्यक्रको आयोजना गरिएको छ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री माननिय डा.डिला संग्रौलाको उपस्थित रहने छ।
साथै उक्त कार्यक्रममा सम्पुर्ण दार्माली बासी नेपाली कांग्रेस मा आस्था राख्नुहुने सम्पूर्ण दर्माली आमा बुवा दाजु भाइ दिदि बहिनि सबैमा उपस्थितिकोलागि नेपाली काङ्ग्रेस दार्मा गाउँपालिकाले सबैमा अपिल गरेको छ।