अदानचुली गाउँपालिका हुम्लामा कर्मचारीको मनपरी कार्यालय नपुगी लगाउछन हाजिर

१० फागुन हुम्ला। हुम्लाको अदानचुली गाँउपालिकामा कार्यरत  कर्मचारीले महिना  नबित्दै आफ्नो हाजीर लगाउने गरेका छन् ।

गाँउपालिमा कार्यालय सहयोगीको रुपमा कार्यरत  अदानचुली १ का मोतीलाल दानीले फागुन महिनाको पुरा हाजीर लगाएर आफ्नो घरको काममा व्यस्त भएका हुन।

अचम्मको कुरा त के छ भने फागुन महीना ३० गते सम्म मात्र छ भने दानीले उनले ३१ गते सम्म हाजीर लगाई सकेका छन।

दानी एक पात्र मात्र हुन । गाँउपालिको हाजीर फाईल अनुसार निमित्त प्रमुख प्रशासकिय अधिकृत टंकदत्त प्याकुरेल,  र लेखापाल दत्तबहादुर थापाको भने यो बर्ष भरी एक दिन पनी हाजीर छैनन् ।

इन्जिनियर मकर ध्वज शाहीले भदौँ सम्म लगाएका छन भने सूचना तथा संचार प्रविधि अधिकृत सुरेन्द्र फडेराले कात्तिक सम्म हाजीर भएका छन ।

उच्चतहका कर्मचारीहरु नै धेरै महिनाको हाजीर एकै पटक लगाउने गर्दछन । यस गाँउपालिमा कार्यरत  सबै कर्मचारीले सरकारी कार्यालयको नियम अनुसार काम गरेको पाईदैन।

हाजीरमा हेर्ने हो भने केहि कर्मचारीको  मंसिर महिना देखि हाजिर  नलगाएको देखिएको छ भने केहि कर्मचारीको यस  वर्ष भरी हाजीर नै नभएको पाईन्छ । कर्मचारीले धेरै महीनाको एकैपटक  मनपरी तरीकाले हाजरी लगाउने गरेका छन।

कर्मचारी  नै कार्यायलमा  नभए पछि हाजीरलाई महत्व नदिएका हुन् । यस गाँउपालिकामा  कार्यरत कर्मचारी कति हुन? नियमित हाजीर हुने कर्मचारी कती के छ?  भन्ने बिषयमा जानकारी दिने कोहि छैनन।

अदानचुली गाँउपालिको कार्यालयको काम कार्य अस्तव्यस्त अवस्था रहेको छ ।

यस बिषयमा जानकारी लिन खोज्दा निम्ति प्रमुख प्रशासकिय अधिकृत टकदत्त प्याकुरेलले फोन उठाउनु भएन ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्