एकाध पश्चगामि तत्वहरु ले उठाउँदै अाएकाे प्रश्न , प्रचण्डकाे दाेधारे प्रवृति भ्रम कि यथार्थ ?

राजेन्द्र हुम्ली । प्रचण्ड त्याे व्यक्ति हुन जसले नेपालकाे राज्य पुनर्संरचना , संघिय लाेकतान्त्रिक गणतन्त्र , समानुपातिक समावेशिता संविधान सभाबाट संविधान पिछडिएको वर्ग क्षेत्र दलित महिला मधेसी अादिवासि जनजातिहरुकाे हकहित र विभेदकारी नीति उल्ट्याउँदै समानताकाे जग बसाए ।

जसले न्यायकाे पक्षमा अावाज उठाएनन मात्र त्याे विधि पद्धति काे जग बसाए । अब अायाे कुरा दाेधारे प्रवृत्तिकाे , किन प्रचण्डले दाेधारे चरित्र देखाए भन्ने कुरा मुख्य पनि हाे भन्ने लाग्छ किनकि वर्तमान नेपालकाे परिप्रेक्ष्यमा किङ मेकर , गेम चेन्जर जे जति हुन देशकाे एकमात्र अाश लाग्दाे पात्र हुन प्रचण्ड त्यसैले जनताले सबै भन्दा बढि प्रहार भन्नुहाेस अथवा अाक्राेश भन्नुहाेस अथवा असन्तुष्टि भन्नुहाेस प्रचण्ड र माअाेवदी माथि पाेख्नु सान्दर्भिक र स्वभाविक पनि हाे किनकि जसलाई सबैभन्दा बढि विश्वास गरिएको हुन्छ जाेसँग धेरैकाे अाशा भराेसा र सपना जाेडियकाे हुन्छ त्याेसँग असन्तुष्टि पाेख्ने हाे , याे भैरहेकाे पनि छ । केपि वलि , शेर व देउवासँग किन गुनासाे पाेख्दैनन त भन्दा उनिहरु माथि विश्वास नै छैन कुनै अाश भराेसा नै छैन भन्ने प्रष्ट बुझ्नुहाेस ।

प्रचण्डले कहिले देउवासँग त कहिले वलि सँग मिलेर देश बनाउन खाेजेकाे सत्य हाे । कहिले वलि सँग मिले किन त भन्दा , नेपाल जस्ताे मुलुक अब संघिय प्रणालिमा त गयाे अब यसलाई समाजवादि विकासतर्फ लैजानु पर्छ भनेर , नेपालमा विध्यमान संसदिय प्रणालि अनुसार अाफ्नाे एजेन्डा र विकासकाे माेडालिटि बनाउन र कार्यान्वयन गर्नका लागि संसदमा बहुमत चाहिने । यदि बहुमत कुनै एउटा दलकाे नहुँदा पटक पटक सरकार बनाउने र ढाल्ने खेल मात्रै चलिरहने र एउटा सरकारले गरेका निर्णय अर्काे सरकारले उल्ट्याउने र फेरि अाफ्नाे अनुसार जान खाेज्ने यहि खेल मात्र दाहाेरिरह्याे यसैकाे फलस्वरूप नेपाल जस्ताे मुलुकमा अब सरकार बनाउने र ढालिने खेल मात्र खेलिनु हुदैन भन्ने वैज्ञानिक मानसिकता का साथ कम्युनिस्ट पार्टी एकीकृत गर्ने र संसदमा बहुमतकाे सरकार चलाउने र देशमा विकास र समृद्धि लाई साकार पार्ने उदेश्य ले एमाले अर्थात वलि सँग मिले र सफल पनि भयकाे हाे सबैलाई सर्वविधित छ । यधपी केपि वलि र केही वरिपरिका दक्षिणपन्थी मानसिकताका मानिसहरुले त्यसलाई सफल हुन दियनन त्याे छुट्टै बहसकाे पाटाे बन्ला ।

देशमा यत्रो कम्युनिस्ट सरकार बनेकाे मन नपरेर अनेकौं हिसाबले प्रचण्ड माथि प्रहार हुदै गयाे र अन्तत दुई तिहाइ काे कम्युनिस्ट सरकार पनि ढल्याे साथै दक्षिण एसियाकै तेश्राे शक्तिशाली पार्टी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि फुट्याे । केपि वलि थप तानाशाह बन्दै गए प्रचण्डलाई सिध्याउने दाउमा लागे र संविधान मै नभयकाे विषय लाेकतन्त्र मास्ने संघियता समानुपातिक समावेशीतालाई कमजाेर बनाउने कटिलपुर्ण चालसहित संसद विघटन गरे । किनकि संविधान , संघियता , लाेकतान्त्रक गणतन्त्र हालमा जे जति परिवर्तन भयका छन तिनिहरुलाई कमजाेर बनाउनु नै प्रचण्डलाई कमजाेर बनाउनु हाे भन्ने ढङ्गबाट सम्पूर्ण स्वदेशि तथा विदेशी शक्तिहरु समेत लागेर परिवर्तन उल्ट्याउने सम्मका  खेल भए ।

जब प्रचण्डले याे कुरा थाहा पाए त्यसपछि सबैभन्दा बढि उनैलाई याे कुरा ले पाेल्याे किनकि हाल नेपालमा जे जति परिवर्तन भयकाे छ जुन व्यवस्था अायकाे छ यसका जन्मदाता , सुत्रधार , एजेन्डाकार उनै प्रचण्ड र माअाेवादी भएकै कारण देशमा प्रतिगमन हुन नदिन देशमा बल्लतल्ल बनेकाे संविधान बचाउन, संविधान बाट भयका उपलब्धि रक्षा गर्न , देशका पिछडिएका वर्ग , लिङ्ग जाति हरुकाे हक अधिकार लाई सुरक्षित गर्न अादि लाई बचाउन , संविधानकाे मर्म र भावनाअनुरूप देशलाई अगाडि बढाउन देश र जनताकाे लागि उनी अाफै प्रतिगमनविराेधि अान्दोलन काे नेतृत्व गरेर हाम फाले र प्रतिगमनलाई परास्त पारे पनि । जब देशमा संकट अायाे जब केपि वलि बाट देश नबन्ने र झन देशमा भयका परिवर्तन विरुद्धका क्रियाकलाप हरु माैलाउने देखेपछि प्रचण्ड फेरि शेर व देउवा खासगरी काँग्रेस सँग मिले याे रहर हैन बाध्यता थियाे । किनकि संसदिय प्रणालि अनुसार अाफु एक्लैले गर्न सक्ने ताकत प्रचण्ड र माअाेवादि लाई नेपाली जनताले दियका छैनौं , त्यसैले उनी केपि वलि प्रवृत्ति र खासगरि संविधान विराेधि ,जनविरोधी , विकास विराेधि र परिवर्तन विराेधि तत्वहरुलाई किनारा लगाउँदै फेरि जनताले लडेर ल्याएकाे गणतन्त्र , संविधान र सम्पूर्ण परिवर्तन हरु बचाउन काँग्रेस सँग मिलेकाे कुरा स्पष्ट छ । याे मानेमा परिवर्तन विराेधि , जनविरोधी तत्वहरुले प्रचण्डलाई दाेधारे नाम दिएपनि जनताकाे हितकाे निमित्त र देशकाे विकास र परिवर्तनकाे रक्षा सँगै देशलाई समाजवादी क्रान्ति तर्फ अगाडि बढाउन गरेकाे निर्णय व्यक्तिगत स्वार्थमा निहित नभई देशकाे स्वार्थमा निहित छ भन्ने कुरा बुझ्न जरुरि छ ।

हिजाे अाज फेरि प्रचण्ड माथि अर्काे खडा भएकाे छ जुन हाे जल्दाेबल्दाे विषय एमसिसि । एमसिसि ले गर्दा देश विभिन्न ध्रुवमा विभाजित भएकाे छ , एकथरि पार्टी र तिनका केही समर्थकहरु एमसिसिकाे पक्षमा छन भने देशकाे चिन्ता गर्ने सच्चा देशभक्त नागरिक लगायत नेता र तिनका पार्टी विपक्षमा उभिएका छन । यश सन्दर्भमा प्रचण्डलाई एउटा चुनाैति गठबन्धन जाेगाउनु छ जाे कि भर्खरै मात्र संविधान मास्ने हेतुका साथ प्रतिगमनतर्फ अघि बढेकाे एमाले र विशेषगरी केपि वलिबाट देशलाई बचाउनु छ किनभने हालकाे नेपाली काँग्रेस माअाेवादि केन्द्र सहितको पाँच दलिय गठबन्धन सिरिफ सत्ता हाँसिल गर्नकालागि हैन देश जनता , संविधान र सम्पूर्ण परिवर्तन जाेगाउने घटककाे रुपमा बनेकाे हाे । अर्काे चुनाैति भनेकाे एमसिसिलाई पास हुन नदिनु , जाे कि अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित छ र यश सम्झाैतामा  भएका कैयौं प्रावधानहरु नेपालकाे संविधानकाे खिलापमा छन देशकाे सार्वभौमिकता विपरित छन र राष्ट्रियता कमजाेर बनाई अमेरिकाकाे उपनिवेश बनाउने खालका राष्ट्रघाति बुदाहरु छन । त्यसलाई राेक्न खाेज्दा विगतमा दुईतिहाईले संसदमा नेतृत्व गरेकाे र एसियामा तेस्रो ठुलाे भएकाे कम्युनिस्ट पार्टी फुटकाे सामना प्रचण्डले गर्नुपरेकाे तिताे यथार्थ हामिमाझ छ । अहिले ठिक त्यहि परिस्थिति अाईपरेकाे छ , जहाँ प्रचण्ड संविधान र देशकाे रक्षाका लागि बनेकाे गठबन्धन छाेडिहालाैँ भने केपि वलि र शेर ब देउवा मिलेर एमसिसि जस्ताे राष्ट्रघाति सम्झाैता पास गरिदिन्छन यदि सत्ता गठबन्धन नछाेडाैँ भने सत्तामा रहेर सरकारकाे निर्णयमा साथ नदिने कुरा पनि अाउँदैन । यस्ताे परिस्थितिमा फेरि पनि प्रचण्डले अाफ्नाे चातुर्यता प्रकट गर्ने नै छन जुन राष्ट्रहितका लागि हुनेछ । राष्ट्रहित नचाहने र देश सँधै विराेध र फाहाेरि राजनीतिकाे क्रिडास्थल र विनाशकै बाटाेमा रुलमुलिरहाेस भन्ने चाहाना राख्ने परिवर्तन विराेधि   दक्षिणपन्थी   तत्वहरुले प्रचण्डले देशमा जवरजस्त लाद्न खाेजियकाे एमसिसि राेक्न गरेकाे फरक कदमलाई अस्थिर चरित्र भन्नेछन ।

त्यसैले प्रचण्डलाई बाहिरबाट देख्नेले जे देखेपनि उनकाे असलि नियत भनेकाे देशकै भलाे र देशकाे रक्षाका निमित्त हाे भन्ने कुरा बुझ्नुपर्छ । गलत नियति राखेर देशकाे हित चाहानेका विरुद्ध नकारात्मक टिप्पणी र खराब नजरले मात्रै हेरियाे भने फेरि पनि सतिले सरापेकाे देशमा राम्रो काम गर्नेकाे भलाे कसैले देख्न नचाहाने रैछ भन्ने कुरा पुष्टि हुनेछ ।
             

लेखक उहाँ  राजेन्द्र हुम्लि जो हुम्ला
अखिल ( क्रान्तिकारी )विद्यार्थी नेता हुनुहुन्छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्