लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

११ फागुन , काठमाडौ । लोक गायक तथा बरिस्ठ कलाकार जयनन्द लामाको निधन भएको छ।

उनको बुधबार बिहान निधन भएको हो । हाँस्य टेलीश्रृंखला हल्का रमाइलोकी कलाकार अनिता बस्नेत (मास्टर्नी)का अनुसार बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए ।

साथै उने थुप्रै मौलिक लोकगीत गाएका छन् । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।

पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्