सल्यान,११ फागुन । सेवा नै धर्म हो भन्ने मुल मान्यताको साथ सल्यान जिल्ला सारदा नगरपालिका वडा १ मा अवस्थित नव शक्ति युवा क्लबले एक गरिब तथा बिपन्न परिवारलाई सहायता स्वरुप खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।
जिल्लाको शारदा नगरपालिका १४ गैरागाउ निबासि शंकर पुनको परिवार
लाई घरमै गइ खाद्यान्न सामाग्री बितरण गरेको हो।
उनको परिवार बिपन्न र दुबै छोरा अपाङ्ग भएकोले केही हद सम्म राहत होस भन्ने मान्यताले क्लबमा अध्यक्ष कुमार सिङ केसिको नेतृत्वमा गएका युवाहरुले २ बोरा चामल,५ लिटर तेल, १ दर्जन साबुन,१ केजि सोयाबीन,१ दर्जन चाउचाउ,२ केजि दाल, दर्जन कापी र २ दर्जन कलम सहयोग गरेका छन।