नबिन के: सी /सल्यान १२ फागुन , सल्यान जिल्लामा संचालित सामुदायिक रेडियो शारदा एफएम ९९ थोप्लो २ मेगाहर्ज आजवाट चौध वर्षमा प्रवेश गरेको छ ।
चौधौवार्षिकोत्सवको अवसरमा रेडियो शारदा एफएम सञ्चालक समितिका अध्यक्ष एव्म कार्यकारी निर्देशक प्रतीक इच्छुक शर्माले एक प्रेस विज्ञप्ती जारी गर्दे रेडियोका स्रोता, कर्मचारी, पत्रकार,स्थानीय संवाददाता , विज्ञापनदाता तथा सवै पेशा,वर्ग क्षेत्रका शुभेच्छुक सवैमा शुभकामना ब्यक्त ब्यक्त गर्नु भएको छ ।
परिवर्तन र शान्तिका लागि रेडियो नारा लिएर सञ्चालनमा रहेको शारदा एफएमले वि.सं.२०६५ फागुन १२ गतेका दिन स्थापना भएपछि जनताका हरेक दुख सुखमा सहकार्य गरिरहेको छ । दैनिक विहान ५ वजे देखि राती १० वर्ष सम्म प्रशारण रहेको शारदा एफएमले समाचारमुलक कार्यक्रम, शिक्षा र मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको छ ।
जारी प्रेस विज्ञप्तीमा भनिएको छ– हाम्रो जस्तो आर्थिक, भौगोलिक एव समाजिक अवस्था भएको देशमा रेडियो नै प्रभावकारी सञ्चार माध्याम हो रेडि यो हो । आम नागरिक पहँ्ुचमा सूचना तथा शिक्षाका अन्य सरल, सुलभ माध्यम नभएको हुदा रेडियो जनताले सिक्ने र सिकाउने माध्याम पनि हो । रेडियोमा जनताका रुचि र आवश्यकता विषयवस्तुलाई हामीले प्राथमिकता राखेर काम गर्दे आएका छौ ।
नागरिकलाइ हरेक कुरालाई विश्लेष्ण गर्न सक्ने क्षमता विकास गराउने , शिक्षालाई ब्यवहारिक वनाउन परम्परागत ज्ञानका राम्रा पक्षहरलाई प्रवद्र्धन गर्न तथा नयाँ शिक्षा र प्रविधिलाई नागरिकहरुलमा विस्तार गर्न हालका अवस्थामा रेडियो जस्तो उत्तम विकल्प र माध्याम हाल अरु छैन । रेडियो शारदा जनताको बोली वोल्ने एउटा माध्याम हो । हामीले सल्यानको विकासका लागि सवै संग सहकार्य, खवरदारी र जनताका आवश्यकता पक्षमा आफुलाई उभ्याएका छौ ।
स्थानीय विषयवस्तु हाम्रा प्राथमिकता विषय हुन । उपयोगी र रुचिकर विषयवस्तु उत्पादन र प्रशारण प्रयत्नशिल रहने छौ जारी प्रेस विज्ञप्तीमा भएनिएको छ ।
रेडियोवाट प्रस्तुत हुने सूचना, विचार, बहस लगायतका समाग्री सन्तुलित, पेशागत मर्यादा भित्र रहेर उत्पादन प्रशारण गरेको र आगामी दिनमा पनि ‘समाचार लगायतका सामग्री’ उत्पादनमा पूर्ण रूपमा स्वतन्त्र र प्रतीवद्ध रहने अध्यक्ष प्रतीक इच्छुक शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैविच आजै सामुदायिक रेडियोको उपयोगिता विषयक अन्तरकृया तथा शुभकामना आदान प्रदान आयोजना गरी स्थापना दिवश मनाईने भएको छ । भर्चुअल माध्यामवाट आयोजना गरिएको कार्यक्रममा संघ,प्रदेश, स्थानीय तहका जनप्रतिनीधि र सरोकारवालाको सहभागिता रहने छ । परिवर्तन र शान्तिका लागि रेडियो नारा लिएर सञ्चालनमा रहेको शारदा एफएमले वि.सं.२०६५ फागुन १२ गतेका दिन स्थापना भएको शारदा एफएम सल्यानमा सञ्चालित सवैभन्दा धेरै क्षमता ५सय वाटको रेडियो हो ।
रेडियोले दैनिक विहान ५ वजे देखि राती १० वर्ष सम्म प्रशारण रहेको शारदा एफएमले समाचारमुलक कार्यक्रम, शिक्षा र मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको छ ।