नयाँ बानेश्वरको सुरक्षा व्यवस्था कडा, १४ जना डिएसपीसहित २४ सय प्रहरी परिचालन

काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा आज छलफल हुने भएपछि बानेश्वर वरपरको सुरक्षामा कडाई गरिएको छ । आज हुने सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै बानेश्वरमा २४ सय भन्दा बढी प्रहरी र १४ जना डिएसपी खटाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

बानेश्वर वरपर प्रदर्शन सुरु भएका छन् । आज सत्ताघटक दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनमोर्चाका भातृसंगठनले आन्दोलन गर्ने भएका छन् । माओवादीले सडक, सदन र सत्ताबाट एमसीसीको विपक्षमा उभिदै आएको छ । माओवादीले राष्ट्रिय सहमतिमा मात्र एमसीसी पास गर्नपर्ने अडान लिदै आएको छ ।

संसदको बैठक आज दिउँसो १ बजे संसद भवनमा बस्ने भएको छ । आजको बैठकमा एमसीसी सम्झौतामािथ छलफल हुने छ । गत फागुन ८ गते एमसीसी सदनमा टेबल भएको थियो /

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्