श्रीमानले मजदुरी गरेर कमाएको पैसा र सुन सहित श्रीमति अर्कै सङ्ग फरार

हुम्ला, १३ फागुन ।  हुम्लाको अदानचुली गाउँपालिका  साबिक   वडा न. ३ का फडेरा निबासी  पदम भियाल  र उनकी  श्रीमती रिउली भियाल कामको सिलसिलामा भारतको पन्जाब पुगे।

कम्तीमा दुई बर्ष  श्रीमान पदमले मजदुरी गरेर केही चानचुन पैसापनि कमाइ सकेका थिए। ज्याला मजदुरी गरेर थुप्रै सपना बोकि जम्मा गरेको केही रकम र सम्पत्ति कुम्ल्याएर  भियालकि श्रीमति अर्कै सङ्ग भागिन । कुरा सुन्दा कहानी जस्तो लाग्ला तर यो घटना यथार्थ र सत्य हो।

पिडित भियालका अनुसार   अनुसार एक तोला सुन , दुई लाख रुपैयाँ लिएर उनकि श्रीमति खत्याड गाउँपालिका वडा न २ का  रत्न भियालसङ्ग  भागेर  अहिले सम्पर्क बिहिन छिन।

भएको पैसा  र सम्पत्ति लिएर अर्कैसङ्ग श्रीमति भाग्दा मलाइ निकै गाह्रो र आर्थिक संकट भयो। कामपनी पाएको छैन, रुदै दिन कटाउछु, खानलाइ रासनपनि छैन र मानसिक हिसाबले पनि आफुमाथि समस्या आउन थाकेको पिडित बताउछन।
म यहाँ अलपत्र छु अब के गरु ? अर्काको देश  रुदा रुदा थाकी सके, पिडित भियालले भावुक हुँदै सुनाए।

भियाल त एक प्रतिनिधि पात्र  मात्र हुन , पछिल्लो समय सबैको साझा समस्या झै भएको यस्तो घटना।
चरम बेरोजगारी र वैदेशिक रोजगारीले निम्त्याएको यो समस्या  नेपालमा नौलो भने पक्कै होइन।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्