नबिन के: सी सल्यान / सल्यान, १३ फागुन। जिल्लाको दार्मा गाउँपालिका अन्तर्गत ६ नम्बर वडाको बढाचौर सिद्ध पुज्ने टोलमा शुक्रबार दिउसो ३ बजे तिर सन्तोष रोकायको घरमा हावाहुरी सङै परेको चट्याङले सन्तोष रोकाय को ४ ,बर्षको छोरा सन्दिप रोकाय र रोशन रोकाय को ४, बर्षको छोरी प्रकृति रोकाय खेलिरहेको अबस्थामा चट्याङ लाग्दा घाइते भएको बताएको छ ।
सन्तोष रोकायको घरमा परेको चट्याङले घरको सोलार , घरको छानामा क्षेती पुर्याएको वडा सदस्य पहल बहादुर खत्री ( तुफान ) ले बताएका छन । घाइते भएका दुबै जनालाई सामान्य उपचार पछि थप उपचाका लागि बागचौरको सहज पोलिकिल्निक पुर्याइएको तुफानले बताएका छ्न ।
घाइते दुबैको अवस्था भने सामान्य रहेको र थप विवरण आउन बाँकि रहेको बताएको छ ।