एमाले सांसद मोहन बानियाँ पक्राउ

दाङ , १६ फागुन । नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन् ।

बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

बानियाँले भने आरोप झुट भएको भन्दै बचाउ गर्दै आएका थिए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्