बुस्टर डोजका कारण गर्भवती पुजाको मृत्यु



नबिन के: सी/फागुन,२०सल्यान।जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहखोला निवासी २४ बर्षीय पूजा देबकोटा वलीको मृत्यु भएको छ ।उनको भारतको लखनउमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको पूजाका ठूला बुवा त्रिचन्द्रभवन देवकोटाले जानकारी दिए ।

ठूलो बुवा देवकोटाका अनुसार कोभिड–१९ बिरुद्धको भ्याक्सिन लगाएपछि ५ महिनाकी गर्भवति पूजा एकाएक बिरामी परेकी थिइन् ।

पूजाले एक हप्ता अगाडि सल्यानको श्रीनगरमा कोभिडको बुष्टर डोज लगाएको र सोही दिन रातिदेखि उनलाई अत्यधिक ज्वरो आउन थालेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो ।

कोभिडको बुष्टर डोजपछि एकाएक ब्लड इन्फेक्सन भएको भनेर उपचारमा संलग्न चिकित्सकले बताएको त्रिचन्द्रभुवनले जानकारी दिएकाछ्न । पूजालाई त्यसपूर्व कुनै समस्या नरहेको उनको दावी छ।

‘बुष्टर खोप लगाएकै राति अध्यधिक ज्वरो आउँदा पूजालाई रातारात नेपालगन्ज ल्याइयो उनले भने –‘चिकित्कसले ब्लडमा इन्फेक्सन भएको भन्दै थप उपचारका लागि भारतमा लैजान सुझाव दिए, भेन्टिलेटरसहितको एम्बुलेन्स भारतबाट मगाएर लगिएपनि बचाउन सकिएन।’

नेपाल सरकारले तीन महिना माथिका गर्भबतिलाई कोभिड–१९ बिरुद्धको खोप लगाउन अनुमति दिएको छ । पूजाको मृत्युको खास कारण पत्ता लगाउन परिवारजनले छानविनको माग गरेका छन् ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्