दमौलीमा आगलागी आगो नियन्त्रण गर्न हेलिकप्टर सहित थप दमकल परिचालन :



तनहुँको २२ फागुन / दमौली बजारमा लागेको आगो नियन्त्रण गर्न सबै प्रकारका उपाय अपनाएपनि निणन्त्रणमा आउन सकेको छैन । दमौली चोकस्थित भुपाल हार्डवेयरबाट फैलिएको आगोका कारण ४ वटा घर जलेको प्रहरीले जनाएको छ ।

सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । हेलिकप्टर राजधानीबाट दमौली पठाएको गृहमन्त्राालयले जनाएको छ । जमिनबाट पनि निभाउने प्रयास भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताएका छन् ।

आगो नियन्त्रणमा लिन ७ वटा दमकल र पानी ट्यांकर प्रयोग गरिएको छ । आगोको फैलावट रोक्नका लागि सुरक्षाकर्मीले डोजर लगाएर ४ वटा टहरा भत्काएका छन् । आगो नियन्त्रणका लागि पोखरा र लमजुङबाट पनि दमकल मगाइएको छ ।

जमिनबाट आगो निभाउन समस्या भएपछि गृह मन्त्रालयले सिम्रिक एयरको हेलिकप्टर तनहुँ पठाएको छ । साधुरो बाटोका कारण आगो नियन्त्रणमा समस्या परेको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्