नबिन के:सी, २९ फागुन – सल्यान / दार्मा गाउँपालुका ५ जलेखर्क,त्रिवेणी,ढाकाडामकोटमा बिजुलीको मुख्य लाइन र शाखा लाइन बिस्तार गर्नका लागि
ठेक्का भएको ३ बर्ष पुग्न लाग्यो अहिलेसम्म पालिका र विद्युत अफिसले पटकपटक ताकेता गर्दा पनि विभिन्न बहाना गरिरहेको गाउँपालिकाका अध्यक्ष निम बहादुर के: सी( अरुण ) ले बताएका छन । जति सम्झाउदा पनि अटेरी गरेको हुनाले अब जुलुस लिएर विद्युत कार्यालयमा घेराउ गर्न जाने वडा नम्बर ५ का वडा अध्यक्ष रामबहादुर के:सी ले बताएका छ्न
पटकपटक ताकेता गर्दा पनि ठेकेदारले अफिसलाई दोष लगाउने , अफिसले सामान दिएन भनेर ठेकेदार सम्पर्कमा नअाउने,बहाना गर्ने भएकोले अब ठेक्का रद्ध गर्नुपर्ने बाध्यात्मक अबस्थामा भएको बताउछन् – बिधुत प्राधिकरण कार्यलय सल्यानका प्रमुख अशोक मोहनिले बताएका छ्न ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।