काठमाडौँ,४ चैत । शिक्षक सेवा आयोगका परीक्षार्थीले परीक्षा हलमा प्रवेश गर्दा नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रूपमा देखाउनुपर्ने भएको छ। आयोगले चैत १५, १७, १९ र २१ गते परीक्षा लिँदैछ।
आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ, ‘खुला तथा आन्तरिक परीक्षामा उम्मेदवारले प्राप्त गरेको प्रवेशपत्रमा उम्मेदवारको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको भनी गुनासो आएकाले सम्पूर्ण उम्मेदवारहरुले प्रवेश पत्रका साथमा आफ्नो परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिई सम्बन्धित परीक्षा केन्द्रमा जान हुन अनुरोध छ।