सल्यानमा कृषकहरुलाई ठगी गर्ने ब्यक्ति पक्राउ

सल्यान, १२ चैत ।

सल्यानमा कृषकलाई ठगी गरेको आरोपमा एक जना ब्यक्ति पक्राउ परेका छन।

कृषि किङ  र किसान मिनिटिलर (हाते ट्याक्टर)रु.७२००० मा उपलब्ध गराउने भनि  जलजला सीडसँग सल्यान जिल्लाका कृषक समूहले सम्झौता गरी कृषक समूहले रु.३६,००० हाल्ने र बाँकी ५०% प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना इकाई जोनले अनुदान उपलब्ध गराउने भनि सहमति भए अनुसार कृषकले रकम उठाइ कृषक  समूहले तिर्नुपर्ने रकम बमोजिम  रोल्पा  जिल्ला  गंगादेब गाउँपालिका ३  बस्ने गंगाराम खत्रीको  फर्म  जलजला सिडमा हालि सकेका थिए।

कृषकहरुले निज खत्रीको नाममा कृषी किङ र किसानका हाते ट्याक्टरको सट्टा नँया किसान र हाईजिन एग्रोको ट्याक्टरहरुमा कृषी किङ र किसान हाते ट्याक्टरको लोगो अनाधिकृत रुपमा प्रयोग गरी उक्त नँया किसान र हाईजिन एग्रोको हाते ट्याक्टरहरु सम्झौता गरेको ट्याक्टरहरु भन्दा निकै सस्तो रहेको भनि स्थानिय कृषकहरुबाट सूचना आएको र कृषी किङ नेपालको लागि आधिकारिक बिक्रेता रहेको डि.बि. ईन्टरनेशनल प्रा.लि. भरतपुर चितवनबाट समेत आफ्नो लोगोको अनाधिकृत प्रयोग गरेको भनि लिखित जाहेरी  समेत  दरखास्त गरेका छ्न।

प्राप्त जाहेरी अनुसार उक्त हाते ट्याक्टर बितरणको लागि मिति २०७८।१२।१० गतेबिहान १०:०० बजे प्रदेश ३-०१-००६ ख ४५ नम्बरको ट्रकमा लोड गरी ल्याई बितरण गरिरहेको अवस्थामा जिल्ला सल्यान कपुरकोट गाउँपालिका वडा नं. ३ कपुरकोट बजारमा फेला पारी उक्त ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा कृषी किङ ब्राण्डको मिनिटिलर (हाते ट्याक्टर) मा Design by India लेखिएका ITEM 178 Diesel का मिनिटिलर (हाते ट्याक्टर)  थान-६२, ITEM 173 Diesel का मिनिटिलर (हाते ट्याक्टर) थान- ३ , Combine mill थान-१ Brush Cutter थान-७, Mobile -६० बोत्तल , Gear oil-७५ बोत्तल  ,  Single induction Motor थान-१ र Brush Blade थान-२  फेला परेकोले  गंगाराम खत्री विरुद्ध अनुसन्धान भइ रहेको छ।

उक्त कृषी सामाग्रिहरु ल्याई सल्यान जिल्लाका कृषक समूहलाई आफुले लाभ लिने नियतले झुठ्ठा लिखत बनाई किर्ते गरी झुक्यानमा पारी बेईमानी पुर्बक ठगी गरेको हुँदा उनलाई ठगी तथा किर्ते गरेको कसूरमा  सल्यान जिल्ला अदालतबाट दिन ७ (सात) को म्यादथप अनुमती समेत लिई  यस कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको छ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्