कृष्णशेन इच्छुक बहुप्राबिधिक शिक्षालयमा ब्युटिसियन तालिम शुरु

अङ्गराज परियार/ घोराही , १७ चैत। 
सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र वैदेशिक राेजगार बाेर्डकाे आयाेजनामा सञ्चालित १ महिने जुनियर ब्युटिसिन तालिम शुरू भएकाे छ ।

तालिम उद्घाटनसत्रमा बाेल्ने वक्ताहरूले मुलुककाे आर्थिक विकासका लागि राज्यले सीप मुलक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।

उनीहरूले शिक्षालयले यश क्षेत्रकाे प्राविधिक जनशक्ति उत्पादनमा महत्त्वपूर्ण याेगदान पुर्‍याएकाे धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष एवम् गणतन्त्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक पाण्डव शर्माले पछिल्लाे समय सुन्दरताकाे महत्त्व बढिरहेको उल्लेख गर्दै ब्युटिपार्लर सम्भावना निकै धेरै भएकाे धारणा व्यक्त गर्नुभयाे ।

शिक्षालयका उप-प्रमुख केशरमान बुढाथोकीले शिक्षालयले वार्षिक ५ हजार जनालाई सीप सिकाउने लक्ष्य राखेकाे जानकारी दिनुभयाे ।

शिक्षालयका लेखा एवम् प्रशासकीय अधिकृत खिमराज गाैतमले ब्युटिपार्लरकाे सीप परिक्षण पास गर्न निकै मेहनत गर्नुपर्ने बताउनुभयाे ।

तालिमकाे प्रशिक्षक मुना पाण्डे र सहायक प्रशिक्षकमा ज्ञानमाला जिएम रहनुभएकाे छ । तालिममा दुई सिफ्टमा ४० जना सहभागी छन ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्