नबिन के :सी / चैत २७ सल्यान – जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर २ का वडा सदस्य सार्कु खत्री ( हितैसी) ले नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) को कुनै पनि स्थानमा नरहने गरि राजिनामा दिएको घोषण गरेका छ्न ।
२०४८ सालमा पार्टीको सदस्यता लिएको र हाल २०७८ साल सम्म करिब ३० बर्ष सम्म नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रमा) ठूलो भुमिका खेल्दा खेल्दै पनि आउदै गरेको बैशाख ३० को स्थानीय निर्वाचनमा एउटै ब्यक्ति पटकपटक नदोहोर्याउने निर्णय गर्दै गर्दा मैले अध्यक्ष पदको दाबी पनि गरे म सङै हाम्रो पार्टीको तर्फबाट ६ जनाले दाबी गरेका थियौं तर अन्तिममा मेरो , क. टेकमान बि क र डिल्ली बहादुर के सी (पासाङ ) को बिचमा छलफल चल्दै गर्दा मेरो र टेकमान बि क को सहमती बेगर असहमतिका आधारमा केही पार्टी भित्रका अवसरबादी , बिभेदकारी दृस्ठिकोण भएका सोझो, इमान्दार ,कर्मनिस्ठ ब्यक्तिले चुनाव जित्न नसकिने र चुनाव जित्न ढाट्छल गर्नुपर्ने , आर्थिक प्रलोभन देखाउनु पर्ने भन्दै मलाइ असक्षम घोषणा गरियो मैले पार्टी निर्देशन मान्दै पुरानो ब्यक्ती नदोहोर्याउन क. टेकमान बि क लाई प्रस्तावित गरे तर पार्टीका केही ब्यक्तिहरुले दलितलाई मुख्य जिम्मेवारी दिएमा हामीलाई अफ्ट्यारो स्थिती आउन सक्ने , उनिहरुलाइ सम्मान गर्ने नसकिने भनी जातिय कुरा उठाइ सम्पुर्ण दलितहरुलाइ अपमानित शब्द प्रयोग गरेको प्रती घोर बिरोध गर्दै २०७८/१२/२६ देखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रमा ) कुनै पनि स्थानमा नरहने गरि राजिनामा दिएको घोषणा गरेका हुन ।
उहाँको फेस्बुक स्टाटस जस्ताको त्यस्तै :
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।