फुटबल टोलीको पीसीआर परीक्षण गर्न अझै केही दिन लाग्ने

काठमाडौं २५ साउन ।नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको पीसीआर परीक्षण गर्न अझै केही दिन लाग्ने भएको छ । बन्द प्रशिक्षण सुरु गर्न क्वारेन्टिनमा बसेका खेलाडीको पीसीआर परीक्षण गर्न अझै केही दिन लाग्ने राष्ट्रिय टोली तयारीका संयोजक तथा व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिए ।

ललितपुर महानगर पालिकाले क्वारेन्टिनका रुपमा प्रयोग गर्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को होस्टेल खाली गर्न समय लागेकाले पीसीआर परिक्षण गर्न अझै केही दिन लाग्ने टोली तयारीका संयोजक उपाध्यायले जानकारी दिए ।
“महानरपालिकाले १४ गतेभित्र होस्टेल खाली गर्ने भएको थियो । त्यसैअनुसार हामीले पनि २३ गते खेलाडीको पीसीआर परीक्षण गर्ने योजना बनाएका थियौं । तर, होस्टेल खाली गर्न ढिलाइ भयो । अब खेलाडीको पीसीआर परीक्षण गर्न फेरी केही दिन लाग्ने भएको छ,” टोली तयारीका संयोजक उपाध्यायले भने ।

उनले थपे, “यतिबेला खेलाडीको पीसीआर परिक्षण गर्दा पोजेटिभ देखियो भने कता राख्ने । फेरि खेलाडी धेरै छन् । होटेलमा राख्न पनि गाह्रो छ । त्यसैले हामीले एन्फाको होस्टेल पूर्ण रुपमा सफा भइसकेपछि खेलाडीको पीसीआर परीक्षण गर्ने निर्णय गरेका छौं ।,”

बन्द प्रशिक्षणका लागि डाकिएका खेलाडी यतिबेला कोही घरमा त कोही होटेलमा क्वारेन्टिनमा बसिरहेका छन् । बन्द प्रशिक्षणमा रहेका ९ खेलाडी मात्र होटेलको क्वारेन्टिनमा बसेका छन् ।

फिफा विश्वकप २०२२ एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको तयारीमा रहेको नेपालले भदौ १ बाट प्रशिक्षण सुरु गर्ने तयरी गरेको छ । छनोटका पाँच खेल खेलिसकेको नेपालले बाँकी तीन खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्