दाङ , २८ चैत। दाङको शान्तिनगर – ६ वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र बाट युवा नेता छवि परियारले उम्मेदवारी घोषणा गरेका छन् । वडाको समग्र विकास र जनतामुखी वडा बनाउन आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए कुसल प्रसासक बिकासप्रेमि बहुमुखि प्रतिभाका धनि सामजिक अभियान्ता समाजिक रुपमा राम्रो छवि बनाएका परियारले ।
शान्तिनगर – ६ वडाको चौतर्फी विकासमा आफू अहम भुमिका खेल्ने उनको दावी छ । वडालाई सुचना प्रविधिसंग जोड्नुका साथै विधुत, कृषि, शिक्षा, स्वास्थ्य, यातायात, सिपमुलक रोजगारको व्यवस्था को बारेमा राम्रो ज्ञान भएका परियार दलित सेवा संघ दाङ को शाखा अधिकृतमा कार्यरत छन । वडा कार्यालयको प्रशासनिक गतिविधिलाई चुस्त जनतामुखी सेवा दिने लक्ष्य रहेको परियार को भनाई छ ।
दलित, जनजाति, महिलाहरुको क्षमता विकास गर्न र सिंगो शान्तिनगर गाउँपालिकामा नेतृत्वदायी भुमिका निर्वाह गर्न आफ्नो उम्मेदवारी रहेको उनको दावी छ । नेकपा माओवादी केन्द्र को भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेस सदस्य, नेकपा माओवादी केन्द्र शान्तिनगर को सचिबालय सदस्य , बुद्धिजिबि सङठन शान्तिनगर को इन्चार्ज , शान्तिनगर गाउँपालिका -6 को इन्चार्ज समेत रहेका परियार जातिय बिभेदका बिरुद्धमा सङठित समुह नेपाल दलित मुक्ति अभियान केन्द्रिय पोलिटब्युरो सदस्य तथा लुम्बिनि प्रदेश अध्यक्ष र दलित नागरिक समाज दाङ को संयोजक , दलित बचत तथा ऋण सहकारी सस्था को सस्थापक सदस्य समेत रहेका छन ।
समाजशास्त्रमा मास्टर गरिरहेका परियार भारत , बङलादेश , थाइल्यान्ड लगाएत नेपालका ५७ जिल्लाको भ्रमण गरेर दलित, महिला , एकलमहिला र सिमान्तकृत समुदायको अधिकार र नेतृत्व क्षमता, व्यक्तित्व को काम गरिरहेको र पारिवारीक पृष्ठभुमी, सिंगो वडालाई हाक्न सक्ने क्षमतालाई आधार मानेर पार्टीले उचित मुल्याङकन गर्ने युवा नेता परियार को आग्रह छ ।